Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १९ मंगलबार |

काठमाडौँ, १९ साउनः राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा आज एरिका महिला र दीपेन्द्र पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मान प्रदान गर्नुभयो ।

एरिकालाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान प्रदान गर्नुभयो । उनीहरूले अवार्डसहित रु २५ हजार प्राप्त गरेका छन् ।

हाम्रो खेलकुदले सातौँ वार्षिकोत्सवदेखि खेलाडी सम्मान र गतवर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan