Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार |

काठमाडौं  । लालीगुराँस नेसनल एकेडेमी र मनास्लु प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लालीगुराँसले निम्सलाई ६६–५५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा रोशन तामाङले १४ अंक योगदान गरे । सिद कार्कीको १५ अंक सहयोगमा मनास्लुले सगरमाथालाई ६१–४८ ले हरायो ।

टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको ब्वाइजमै सीसीआरसी र जेभियर पनि सेमिफाइनलमा पुगे ।

सीसीआरसीले गोल्डेन इन्टरनेसनल कलेजलाई ६०–३१ ले पाखा लगायो । सीसीआरसीका विसन खड्काले १९ अंक जोडे । जेभियरले हेराल्डलाई ५९–४६ ले पन्छायो । जेभियरका महेन्द्र प्याकुरेलले १९ स्कोर गरे ।

सेमिफाइनलमा जेभियरको भेट लालीगुराँसंग हुनेछ भने सीसीआरसीले मनास्लुको सामना गर्ने छ । गल्र्सको सेमिफाइनल निम्स र जेभियर तथा एलआरआई र गोल्डेनगेटबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan