Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २० बुधबार | (रासस)

गण्डकी, २० साउनः गण्डकी प्रदेशमा हालसम्म ९९ दशमलव ३९ प्रतिशत रोपाइँ भइसकेको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ९३ हजार ६०६ हेक्टरमा रोपाइँ भइसकेको छ । 

छिटपुटबाहेक अधिकांश क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताउनुभयो । साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाइँ भइसक्ने उहाँको भनाइ छ । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको छ । 

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । हिमालपारिका  मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।  पछिल्लो समय प्रदेशमा रोपाइँको क्षेत्रफल भने बर्सेनि घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताउनुभयो ।

     चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो । 

गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएको थियो । जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले धानखेतीको क्षेत्रफल घट्दै गएको पाइएको हो ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिँदैआएको छ ।

     गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानखेतीको पकेट क्षेत्र हुन् ।

यस्तै पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्रलाई धानका लागि पकेट क्षेत्र तोकिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan