प्रतिनिधिसभाको विभिन्न चार समितिको बैठक बस्दै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार |
काठमाडौँ, २१ साउनः मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफलको सम्भावित कार्यसूची रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्ने भएको छ ।
आज दिउँसो २ः३० बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा सो बैठकसमितिको बस्ने संसद् सचिवालयको सूचनामा उल्लेख छ ।
यसैगरी प्रतिनिधिसभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज अलग अलग बस्दैछन् ।
