अर्नव चीन जाने
काठमाडौं । साउन २० गते :विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन अर्नवमान शेरचन आइतबार चीनको गुइयाङ जाने भएको छन् ।
भदौ ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा अर्नवले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जनाएका छन् । अर्नवलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
एसियाड पौडी टोलीको तयारी भारतमा
नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्ने छ ।
खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । २० औं एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ ।
काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्टलाई क्युकेएस कप
आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गल्र्स र भक्तपुर निस्ट सिनियर गल्र्समा च्याम्पियन बने ।
जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञा कुञ्जलाई ४–१ गोलले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा जोन डेवीले इम्पेरियल वल्र्डलाई ६–० गोलले हरायो । सिनियर ब्वाइजको फाइनलमा भक्तपुर निस्टले कान्जिरोवामाथि २–० को जित दर्ता ग¥यो ।
जुनियर ब्वाइजमा सिद्धार्थ वज्रचार्य उत्कृष्ट खेलाडी, आयुश खत्री उत्कृष्ट गोलरक्षक र सिभांकराज भट्टराई उदीयमान खेलाडी घोषित भए । तीनै काष्ठमण्डपका हुन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको प्रतियोगिताको सिनियर गल्र्समा जोन डेवीकी तनिष्का विष्ट, इम्पेरियलकी मान्या शाह उत्कृष्ट गोलरक्षक र जोन डेवीकी जेनी स्याङबा उदीयमान खेलाडी चुनिए ।
सिनियर ब्वाइजमा कान्जिरोवाका सन्चितनाथ गंगाल उत्कृष्ट खेलाडी, भक्तपुर निस्टका आयाम आचार्य उत्कृष्ट गोलरक्षक र भक्तपुर निस्टकै स्यारोन कटुवाल उदीयमान खेलाडी ठहरिए ।
विजेतालाई पूर्व फुटबलर नवीन न्यौपाने, काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, कान्जिरोवाका प्रिन्सिपल समेत रहेका क्युकेएसका अध्यक्ष रन्जित थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगिताको जुनियर ब्वाइजमा १५, सिनियर गल्र्समा १२ र सिनियर ब्वाइजमा १६ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
ज्ञानोदय र इबीए क्वाटरफाइनलमा
ज्ञानोदय र इडेन ब्रिज एकेडेमी (इबीए) १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ज्ञानोदयले न्यु जेनिथलाई २६–६ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा सुवेक्षा वज्राचार्यले ११ अंक योगदान गरिन् । अनामिका पटेलको ९ अंक सहयोगमा इबीएले संस्कृति इन्टरनेसनल स्कुललाई २०–१९ को साँघुरोअन्तरले हरायो ।
सोही स्पर्धामा काठमाडौं भ्याली, रानीवनले आयोजक ग्रिनफिल्डलाई १६–८ तथा रेडियन्ट पब्लिकले अद्वित्यलाई ३४–६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं भ्याली, रानीवनकी जमुना तामाङले ११ तथा रेडियन्ट पब्लिककी प्रीतिका रसाइलीले ९ स्कोर गरे ।
सिनियर ब्वाइजमा मार्वलसले अरुणीलाई ४८–१०, साइन मोडेलले काठमाडौं भ्यालीलाई ४९–३९, संस्कृतिले ज्ञानोदयलाई ५९–५१ र पुष्पसदनले ब्राइट होराइजनलाई ५५–५० ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । मार्वलसका सिनेप शाहीले ७, साइन मोडेलका अमुल्य घिमिरेले १६, संस्कृतिका औलाना श्रेष्ठले २७ र पुष्पसदनका सम्राट लामाले १८ अंक जोडे ।
इनोभेटिभले हेम्सलाई ४३–३२ ले पन्छायो । इनोभेटिभका कल्याण मगरले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा इबीएले पिपुल्स एकेडेमीलाई ३४–२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए । इबीएका प्रसिक श्रेष्ठले १७ स्कोर गरे ।
जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने
काठमाडौं, साउन २९– पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौं हुने भएको छ ।
जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो ।
कुल १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार र ट्रफी पाउनेछ । जापानिज एजुकेसन ग्रुपले बानेश्वरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उक्त खेल बालुवाखानी कपअन स्पोर्ट्स सेन्टरमा हुने आयोजक जापानिज एजुकेसन ग्रुपले जनाएको छ ।
समूह ‘ए’ ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेशनल कन्सल्टेन्सी, शिकाता एजुकेशनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्राली छन् ।
समूह ‘बी’ इकिगाई एजुकेशनल कन्सल्टेन्सी, तिरुपाती एचआर सोलुसन प्राली, कोउम्योउ इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्राली र न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा खेल्नेछन् । लिगचरणको खेल १४ मिनेटको हुनेछ । नकआउट (सेमिफाइनल र फाइनल) मा १५ मिनेट खेलाइने जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले जानकारी दिए ।
प्रतियोगिताको उपविजेताले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी मेडल पाउनेछन् । उक्त खेल फिफा रेफ्री माया लामाद्वारा सञ्चालन हुनेछ ।
प्रतियोगिताको बेस्ट प्लेअर र गोलकिपरले पनि ट्रफी प्राप्त गर्नेछन् । हरेक टोलीबाट विद्यार्थीसँगै गुरु र सञ्चालकसमेत अनिवार्य खेलाउने प्रावधान राख्नुको उद्देश्य अध्ययनरत विद्यार्थीलाई थप अनुशासित बनाउनु रहेको जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताए ।
उनले नेपालमा मेहनती विद्यार्थीसँगै अनुशासित युवा जनशक्ति पनि उत्पादन हुन्छ भन्ने सन्देश दिन यो प्रतियोगिता माध्यम बन्नसक्ने आशा व्यक्त गरे ।
त्यसैले पनि फिफा रेफ्री नै राखेर प्रतियोगिताको सञ्चालन गरिएको तामाङले उल्लेख गरे ।
जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को उपाधि शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित ग¥यो ।
टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउदै ७० रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा डिएभी ‘नीलो’ अलआउट हुनुअघि ९.२ ओभरमा ७ विकेट क्षतिमा ६२ रनमा समेटियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।
एन्जल्स हार्ट नेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट खेलाडी घोषित भए । हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर, डिएभी ‘नीलो’ का कमल साइ उत्कृष्ट ब्याट्सम्यान र आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान खेलाडी चुनिए ।
एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापन तथा एनपीएल टिम काठमाडौं गुर्खाजको सहयोगमा भएको प्रतियोगितामा मानसिंह धर्म माविले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
विजेतालाई काठमाडौं गुर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहिया, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्ट माविकका प्रिन्सिपल धनबहादुर पुन, आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । टी– १० इन्डोर छात्र क्रिकेटमा २४ टिम सहभागी थिए ।
