Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिर्ष ८ को सेमिफाईनल समिकरण पुरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |

लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को शिर्ष ८ को सेमिफाईनल समिकरण पुरा भएको छ । आज सम्पन्न खेलबाट समूह बिजेता तथा उपबिजेताको टुङ्गो लागेको छ ।

सहआयोजक यल स्पोर्टस् एकेडेमीको कभर्डहलमा भएको प्रतियोगिताबा पुरुषको समूह ए बाट क्षितिज खनाल तीन खेलमा तीनै जित र प्रिन्स दाहाल तीन खेलमा दुई जित निकाल्दै समूह बिजेता उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका छन् । 

आज सम्पन्न खेलमा एपिएफका क्षितिज खनालले नेपाल पुलिसका सुनिल जोशीलाई २१–९, २१–१२ ले तथा प्रिन्सले पुलिसकै जीवन आचार्यलाई २२–२०, २१–१६ ले पराजित गरेका हुन् ।

यस्तै समूह बी बाट त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन तीन खेलमा तीन जित निकाल्दै समूह बिजेता र तीन खेलमा दुई खेलमा जित निकाल्दै पुलिसका बिष्णु कटुवाल उपबिजेताको रुपमा सेमिमा पुगेका हुन् । 

आज सम्पन्न खेलमा प्रफुलले बिष्णु माथि १४–२१, २१–१२, २१–१७ को जित निकाल्दै समूह बिजेता बनेका हुन् । यस समूहको दोश्रो खेलमा पुलिसका दीपक बोहरा र एपिएफका देवराज राना विचको महत्वहिन खेलमा देवराजले जित निकाले । 

देवराजले दीपक माथि २१–१६, २२–२० को जित निकालेका हुन् । अब फाईनल प्रवेशका लागि क्षितिजले बिष्णु र प्रफुलले प्रिन्सदाहालको सामना गर्नेछन् ।

यसै गरि महिला तर्फको खेलमा समूह ए बाट नेपाल नम्बर एक त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले दुइ खेलमा दुई जित हात पार्दै समूह बिजेता र दुई खेलमा एकमा जित निकालदै पुलिसकी शेस्ना श्रीपाली उपबिजेताको रुपमा सेमिमा प्रवेश गरे । 

रसिलाले आज सम्पन्न खेलमा आर्मीकै अनुमाया राईलाई २१–५, २१–७ ले पराजित गरेकी हुन् । यस्तै समूह बी बाट एपिएफकी रिहान सेरचन तीन खेलमा तीन जितका साथ बिजेता र तीनमा दुई खेलमा जितका साथ पुलिसकी निता लम्साल उपबिजेता बन्दै सेमिफाईनल प्रवेश गरे  । 

आज बिजेता र उपबिजेतको टुङ्गो लगाउने खेलमा रिहानाले निता माथि १३–२१, २१–१४,२१–१२ को जित हात पारेकी हुन् । 

अब फाईनल प्रवेशका लागि रसिलाले निता र रिहानाले शेस्ना श्रीपालीको सामना गर्नेछन् । समूह बीको अर्को खेलमा सिटिजेन बैंककी नङ्गशल तामाङले आर्मीकी अमिता गिरीलाई २०–२२, २१–११, २१–१० ले पराजित गरिन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–११ एकल तर्फको खेलमा नेपाल पुलिसका बिराट बस्नेत, सूर्खेतका सुप्रेन शाही, आर्मीका कृमोन रिजाल, इमाडोल ब्याडमिनटनका धननारायण श्रेष्ठ, नोबल इनभाईरोमेन्टका डेनिश थापा, सूर्खेतका माहिर बाबु श्रीपाली, जेबीएका दीप तामाङ, कस्तुरी एकेडेमीका प्रज्ञान ढकालले अन्तिम ८ मा स्थान बनाए । 

यस्तै महिला तर्फ आर्मीकी युमिका राई, सिन्धुपाल्चोकका रिदिना श्रेष्ठ, इमाडोल ब्याडमिन्टनकी इर्याना मगर, ग्यालेक्सीका योन्जना मगर, आर्मीका अरक्षा डङ्गोल, जेबिएकी देनिशा प्रधान, ग्यालेक्सीका अर्चना मगर, एपिएफकी रेन्शा श्रेष्ठले पनि अन्तिम ८ मा स्थान बनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan