Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोहितको नेतृत्वमा नेपालको प्रदर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २६ साउनः सन् २०२२ देखि रोहितकुमार पौडेलले नेपाली क्रिकेट टोलीको नेतृत्व लिनुभएको थियो । 

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि रोहितले नेपाली टिमको कप्तानी नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो । 

आइसिसी विश्वकप लिग–२ मा सङ्घर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाउनुभयो । उहाँ कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो । 

रोहितको कप्तानीमा त्यस संस्करणको विश्वकप लिग–२ मा नेपालले चामत्कारिक पुनरागमन गर्दै ३६ खेलमध्ये १९ मा जित र १५ खेलमा पराजय बेहोरेको थियो । यस्तै, नेपालले दुई खेलमा अङ्क बाँडेको थियो । 

पहिलो संस्करणको लिग–२ मा नेपालले तेस्रो स्थान हासिल गर्न कप्तान पौडेलको भूमिका अहम् रहेको थियो । उहाँले त्यस संस्करणमा ३३ खेलमा ९०९ रन बनाउनुभयो । 

विश्वकप लिग–२ को शीर्ष तीनमा स्थान बनाएसँगै नेपालले रोहितको कप्तानीमा पहिलोपटक आइसिसी एकदिवसीय विश्वकप खेल्ने मौका पायो, जहाँ नेपालले पहिलोपटक नै टेष्ट मान्यताप्राप्त देश वेस्ट इण्डिज र जिम्बाब्वेविरुद्ध खेल्यो । 

रोहितको कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसीसी प्रिमियर कपको उपाधि जित्यो । त्यस प्रतियोगिताको विजेता बनेसँगै नेपालले पहिलोपटक एसीसी एसिया कप खेल्ने मौका पायो । एकदिवसीय ढाँचाको उक्त एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना ग¥यो । 

रोहितको कप्तानीमा नेपालले एकदिवसीयभन्दा टी–२० आईमा झन उत्कृष्ट प्रदर्शन ग¥यो । उहाँको नेतृत्वमा नेपालले लगातार दुईपटक आइसिसी टी–२० विश्वकप खेल्यो । रोहितको कप्तानीमा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप एसिया तथा इएपिए छनोटको उपाधि जितेको थियो । 

रोहितकै कप्तानीमा नेपालले पहिलोपटक टेष्ट टिम वेस्ट इण्डिजविरुद्धको टी–२०आई शृङ्खला जित्यो । गत वर्षको सेप्टेम्बरमा आयोजित तीन खेलको उक्त शृङ्खला २–१ ले जितेको थियो ।

नेपालको एकदिवसीय क्रिकेट टोलीको नेतृत्व सम्हाल्ने बेला रोहितकुमार पौडेल २० वर्ष ७३ दिनको हुनुहुन्थ्यो । उहाँ अहिले पनि एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक कान्छो कप्तानको रूपमा दोस्रो स्थानमा हुनुहुन्छ । 

रोहितभन्दा अगाडि अफगानिस्तानका राशिद खानको नाम मात्र छ । राशिदले १९ वर्ष १६५ दिनको उमेरमा एकदिवसीय टोलीको कप्तानी सम्हाल्नुभएको थियो । 

रोहितको कप्तानीमा नेपालको नतिजा

रोहितको कप्तानीमा नेपालले सर्वाधिक ६३ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्यो, जसमा नेपालले ३१ खेलमा जित र ३० खेलमा हारको सामना ग¥यो । यस्तै, नेपालले दुई एकदिवसीय खेल ड्र खेल्यो। 

रोहितले ५९ टी–२० आई खेलमा टोलीको नेतृत्व गर्नुभयो, जसमा नेपालले ३३ खेलमा जित र २१ खेलमा हार व्यहोर्नु प¥यो । यस्तै, नेपालले तीनवटा टी–२०आई खेलमा अङ्क बाँडेको थियो । 

रोहित नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बन्नुभएको छ । उहाँको कप्तानीमा नेपालले दुवै ढाँचागरी १२२ खेल खेल्यो । रोहित नेतृत्वबाट हटेसँगै क्यानले टी–२० आईमा दीपेन्द्र सिंह ऐरी र एकदिवसीय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । 

सन्दीप चार वर्षपछि कप्तानमा फर्किनुभएको हो । उहाँले सन् २०२२ मा नेपालको कप्तानी गर्नुभएको थियो । सन्दीपको कप्तानीमा हालसम्म नेपालले १४ एकदिवसीय र १८ टी–२० आई खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan