Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

दाङ, ३० साउनः यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व सङ्कलन भएको हो ।

    चालक अनुमतिपत्रबाट रु १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट रु तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँचपासलगायत विभिन्न शीर्षकबाट सङ्कलन भएको उहाँले बताउनुभयो । सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१/८२ मा रु ५४ करोड राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको हो ।

    गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागतपत्र जलेर नष्ट भएको थियो । त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व सङ्कलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताउनुभयो ।

    उहाँका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९  मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan