Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३१ आइतबार |

काठमाडौँ, ३१ साउनः अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज यहाँ आयोजित कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो ।

    टोलीलाई क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, सदस्य वीरेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो । उपाध्यक्ष सिंहले टोलीलाई शुभकामना दिँदै उत्कृष्ट नतिजाको आशा राखेको बताए ।

    “नेपाली टोलीले जित्दा सबैले प्रशंसा पाउँछौँ । हार्दा बढी प्रश्न खेलाडीभन्दा क्यानमाथि तेस्र्याइन्छ । यसपालि हाम्रा खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छौँ”, उपाध्यक्ष सिंहले भने ।

    टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को कप्तानी अनिलकुमार साहले गर्नेछन् । टोलीमा कुशल भुर्तेल, लोकेश बम, मयन यादव, तृतराज दास, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, शाहब आलम, विपिन खत्री, रिजन ढकाल, नारायण जोशी, आकाश चन्द र युवराज खत्री पनि रहेका छन् ।  

    प्रतियोगिता अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुनेछ । अगस्ट २१ तारिखदेखि सुरु हुने उक्त सिरिजमा नेपालले लिग चरणमा ६ खेलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले २१ अगस्टमा एनटी स्ट्राइकको सामना गर्नेछ । नेपालले दोस्रो पटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan