Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यु होराइजन च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३१ आइतबार |

काठमाडौं, साउन 31– पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोटर््स सेन्टरमा आइतबार भएको प्रतियोगिता

न्यु होराइजन च्याम्पियन भएको हो । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसन प्रालीमाथि ६–० को सहज जित रच्यो । 

न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे । टीका मगर र अनमोल राईले एक गोल थपेपछि न्यु होराइजनले सहज जित रचेको हो । युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । 
युकिगुनीले तेस्रो स्थानका लागि भएको खेलमा लोमस अब्रोड स्टडी प्रालीलाई ६–० ले हराएको थियो ।

एकदिने प्रतियोगितामा भएको पहिलो सेमिफाइनलमा न्यु होराइजनले युकिगुनीलाई ६–३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा तिरुपातीले लोमस एजुकेसनललाई ४–२ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो । 

प्रतियोगिताको बेस्ट गोलकिपर च्याम्पियन न्यु होराइजनका अनमोल राई घोषित भए । बेस्ट प्लेअरको ट्रफी भने तिरुपातीका निखिल ढुङ्गानाले प्राप्त गरे । दुवैलाई जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी हस्तान्तरण गरे । विजेता न्यु होराइजनले एक लाख र उपविजेता तिरुपाती एचआरले ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनीहरूलाई जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी प्रदान गरेका थिए ।

सो अवसरमा जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंहले आगामी दिनमा पनि आफ्नो संस्थाले खेलकुदमा विभिन्न प्रतियोगिता र प्रोत्साहन कार्यक्रम आयोजना गर्दै स्वच्छ नागरिक उत्पादनमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । 

तेस्रो स्थानको युकिगुनीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उक्त प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए । 

लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan