Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीहरू पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार |

काठमाडौं, १ भदौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ गेंगबु बस्ने५४ वर्षीया जननी बज्राचार्य र गोरखा, गोरखा नगरपालिका-३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय ७२ तथा ममताको साथबाट अमेरिकी डलर ४ हजार २ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय २८ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।   

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan