Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उच्च अदालत विरगंज पर्साका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनामा, एक महिला गम्भीर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको छ ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कारपियोमा सवार दुई महिला र चार पुरुष घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिकसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको छ ।

उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

दुर्घटनामा घाइतेहरूको विस्तृत परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत पुगेको छ ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान तथा घटनास्थलको मुचुल्का लगायतका काम अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan