Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

काठमाडौँ, १ भदौः देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण भएको छ ।

    नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्रीवितरण भएको छ । त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण गरिएको छ ।

    निगमले काठमाडौँ उपत्यकामा आज हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्रीवितरण भएको जनाएको छ । पछिल्ला दिनको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको छ ।

    पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan