Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ।

लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो।

रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो।

यसले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ। ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिङमा लाग्ने समय कम गर्छ।

यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ। यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ।

नेटवर्क र प्रयोगको अवस्थाअनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ ५जीले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ। यसले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्दा सहज र स्मूथ अनुभव प्रदान गर्छ।

रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ ५जीमा छिटो ५जी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ।

दुवै फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म ¥याम सपोर्ट गर्छन्, जसले एकैपटक धेरै काम गर्दा पनि सहज र छरितो अनुभव दिन्छ।

क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। डुअल–भ्यु भिडियो रेकर्डिङ सुविधामार्फत एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिन्छ।

अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, जसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ। साथै, फोनमा ३.५ एमएम हेडफोन ज्याक र छिटो कनेक्सन तथा ट्याप–टु–पे सुविधाका लागि एनएफसी सपोर्ट पनि रहेको छ।

करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रहेको छ। यसले दैनिक प्रयोगमा फोनलाई थप मजबुत बनाउने कम्पनीको दाबी रहेको छ। बिहानदेखि रातिसम्म, घाम होस् वा पानी, प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा चल्ने गरी फोन डिजाइन गरिएको छ।

रेडमी १७ कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल गरी चार रंगमा उपलब्ध हुनेछ। यो ४ जीबी ± १२८ जीबी र ६ जीबी ± १२८ जीबी गरी दुई भेरियन्टमा क्रमशः रु. २७,९९९ र रु. ३३,९९९ मा उपलब्ध हुनेछ।

त्यसैगरी, रेडमी १७ ५जी कालो, डीप ब्लु र भिभिड अरेन्ज गरी तीन रंगमा उपलब्ध हुनेछ। यो ४ जीबी ± १२८ जीबी, ४ जीबी ± २५६ जीबी र ६ जीबी ± २५६ जीबी गरी तीन भेरियन्टमा क्रमशः रु. ३३,९९९, रु. ३७,९९९ र रु. ४१,९९९ मा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan