Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई 'बरपिपल रिसोर्ट पोखरा' मा विशेष छुट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित 'बर पिपल रिसोर्ट पोखरा' सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले बरपिपल रिसोर्ट पोखरा माखाना, बस्न तथा SPA सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित Break Fast, Lunch Dinner निःशुल्क उपलब्ध गराइनेछ ।

उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।

साथै मुक्तिनाथ विकास बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan