Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ,  २ भदौः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ४८ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९ दशमलव ९७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ८८ अङ्कले घटेर एक सय ५५ दशमलव ७६ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर रु पाँच अर्ब सात करोड ३५ लाख १८ हजार ६६२ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ मध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ ।

आज ५६ कम्पनीको सेयर मूल्य बढ्नुका साथै २१८ कम्पनीको सेयर घटेको छ भने पाँच कम्पनी स्थिर छन् ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इञ्जिनियरिङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आज कमाएका छन् ।

त्यस्तैगरी सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan