Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रिनफिल्ड सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
newsabhiyan

आयोजक ग्रिनफिल्ड १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्रिनफिल्डले इनोभेटिभलाई ३१–२२ ले पराजित ग¥यो ।

ग्रिनफिल्डको जितमा अजय मगरले १० अंक योगदान गरे । सिनियर गल्र्समा सेजल रोकाको २३ अंक सहयोगमा रेडियन्टले काठमाडौं भ्यालीलाई ४३–३० ले हराउदै सेमिफाइनलमा पुग्यो ।

सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले ज्ञान निकेतनलाई ६२–४५, संस्कृति इन्टरनेसनल स्कुलले राइजिङ स्टारलाई ५७–४८, इनोभेटिभले क्षेत्रज्ञलाई ५३–४०, मार्वलसले ब्राइट होराइजनलाई ५९–५६, काठमाडौं भ्यालीले काठमाडौं जेभियर्सलाई ६६–४८, सनसाइनले साइन मोडेललाई ४४–३१, गण्डकीले न्यु जेनिथलाई ४४–३२ र पुष्पसदनले एन्जल लर्डलाई ४६–४४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । 

रेडियन्ट पब्लिकका अनिश श्रेष्ठले ११, संस्कृतिका अभिग्न श्रेष्ठले २७, इनोभेटिभका कल्याण मगरले २०, मार्वलसका रोशन कुश्वाहले १९, काठमाडौं भ्यालीका जिग्मे लामाले २२, सनसाइनका विशाल खड्काले २०, गण्डकीका तपेन्द्र ओडले १० र एन्जल लर्डका मात्रिका बुढाथोकीले २२ स्कोर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan