स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
जिपमा चालकसहित १० जना घाइते छन् ।
उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
