Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |

मुस्ताङ, ६ भदौः शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोमअन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ ।

वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।

विभिन्न सञ्चारमाध्यममा अझै पनि उक्त सडक अवरुद्ध भन्ने समाचार आइरहेकाले भ्रामक सामग्रीको विश्वास गर्न यात्रुहरूलाई आग्रह गर्नुभयो । करिब दुई घण्टा अघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जनाउँदै शर्माले अहिले आवागमनमा कुनै समस्या नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan