Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगनसिंह थापाको दशौं कृति "हिउँ फुल"को आवरण सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |
newsabhiyan

टीकापुर , ५ भाद्र । साहित्यकार स्वर्गीय  गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको दशौँ साहित्यिक कृति ‘हिउँ फूल’ को आवरण सार्वजनिक गरिएको छ।

भाद्र ५ गते परेको थापाको जन्मदिनका अवसरमा परिवारले उनलाई श्रद्धापूर्वक स्मरण गर्दै प्रकाशनको क्रममा रहेको ‘हिउँ फूल’को आवरण सार्वजनिक गरेको हो।

अछामको पाटेखेतमा जन्मिएका थापाले कर्णाली र सुदूरपश्चिमको इतिहास, भाषा, साहित्य, संस्कृति तथा जनजीवनलाई आफ्ना सिर्जनामार्फत जीवन्त बनाउँदै आएका थिए। शिक्षक , सामाजसेवी तथा साहित्यकारका रूपमा परिचित थापा सामाजिक तथा पर्यावरण संरक्षणका अभियन्ता एवं लोकतान्त्रिक आन्दोलनका संवाहकसमेत थिए। 

समाज र साहित्य क्षेत्रमा स्वर्गीय थापाले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उनका छोरा हिक्मत थापाले बताए।

उनले आफ्ना पिताका साहित्यिक कृतिहरूले कर्णाली र सुदूरपश्चिमको भाषा, संस्कृति, इतिहास र जनजीवनलाई पुस्तौँसम्म उजागर गरिरहने विश्वास व्यक्त गरे।

थापाका प्रकाशित साहित्यिक कृतिहरूले आफ्नो माटो, भाषा, संस्कृति र जनजीवनप्रतिको गहिरो प्रेमलाई उजागर गरेका छन।

उनका कृतिहरू साहित्यिक दृष्टिले महत्वपूर्ण हुनुका साथै कर्णाली र सुदूरपश्चिमको सामाजिक तथा सांस्कृतिक पहिचानलाई अभिलेखित गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहेको  जनाइएको छ। थापाका यसअघि सोह्र सौगात , कर्णालीको छेउछाउ , पुर्खाको चिट्ठी , मेरो मधुशाला , उज्ज्वली , मरुभूमिकि महारानी , अस्ताचलको ढोकाबाट , मेरो  गाउँको खडक्या मन्त्री  र महाप्रलय गरि नौ वटा पुस्तक प्रकाशित भइ सकेका छन ।

प्रकाशनको तयारीमा रहेको ‘हिउँ फूल’ थापाको दशौँ साहित्यिक कृति हो। उक्त कृति छिट्टै पाठकमाझ आउने जनाइएको छ।

७८औँ जन्मदिनको अवसरमा  स्वर्गीय थापाप्रति श्रद्धासुमन अर्पण गर्दै उनका योगदान, साहित्यिक कृति र सिर्जनाहरू सधैँ स्मरणीय तथा अमर रहने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan