Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |

काठमाडौँ, ८ भदौः नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट  तीन सय ६७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट एक सय ९९ किलो तीन सय २० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगरलाई गए राति पक्राउ गरिएको हो ।

निजले टिपर ढालाभित्र लुकाइछिपाइ राखेका नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको हो । 

यसैगरी, चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट करिब एक सय ६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरिएको छ । 

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ भिर्कुटीचोकका डिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका–१ पिप्लेका कर्णबहादुर तामाङलाई उनीहरू सवार कारबाट गाँजासहित पक्राउ गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan