Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छः अध्यक्ष बिजुक्छे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | (रासस)

भक्तपुर, ७ भदौः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

    भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा २’ पुस्तक परिचर्चा तथा लेखक, सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
    
    अध्यक्ष बिजुक्छेले भन्नुभयो, “सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वास्थ्यभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने हो, तर परिवर्तनका लागि अझै केही पुस्ताले कुर्नुपर्ने देखिन्छ ।”
    
    जनताको भावनालाई कुण्ठित पार्ने काम कसैले गर्न नहुने बताउँदै उहाँले जबसम्म जनताको भावनालाई कुण्ठित पारिन्छ, तबसम्म देशको प्रगति नहुने बताउनुभयो ।
    
    अध्यक्ष बिजुक्छेले भन्नुभयो, “अब नयाँ पुस्तालाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ, जनताले चाहेजस्तो परिवर्तन गर्न अझै केही पुस्ता लाग्छ, जनप्रतिनिधिले त सारा जनताको मन र भावना जितेर काम गर्नुपर्छ ।”
    
    समाज सफल पार्नसके देश सफा हुने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले नैतिक धरातल खस्किँदै गएको अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीले सही बाटो देखाउनुपर्ने औँल्याउनुभयो । 
    
    कार्यक्रममा रासस भक्तपुरका समाचारदाता रमेश गिरी, सुन्दर शिल्पकार, मकर श्रेष्ठ, पुष्करराज बूढाथोकीलगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाले गरेका विभिन्न विकास, मूर्त तथा अमूर्त सम्पदाहरु, जात्रा पर्वलगायत विषयमा समाचार प्रकाशन गरी विश्वमाझ भक्तपुरलाई चिनाउन टेवा पु¥याएको बताउनुभयो । 
    
    राससलगायत विभिन्न सञ्चारमाध्यममा भक्तपुर नगरपालिकाकाबारेमा प्रकाशित फिचर, लेखलगायतलाई समेटेर भक्तपुर नगरपालिकाले प्रकाशन गरेको दुई पुस्तक एउटा समाचारका दृष्टिकोणबाट ऐतिहासिक दस्तावेज भएको उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले सञ्चारकर्मी र सञ्चारमाध्यमले भक्तपुरकाबारेमा पस्किएका समाचार भक्तपुरका लागि मार्गदर्शन र दस्तावेजका रुपमा सङ्कलन र संरक्षण गर्ने कार्य गरेको बताउनुभयो ।
    
    प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिका अरु नगरपालिकाका लागि पनि उदाहरण बन्दै गएको र भक्तपुरका उदाहरणीय कार्यलाई सबैतिर प्रचार गर्ने कार्य सञ्चारकर्मीले गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan