राससकर्मी अधिकारीसहित छ पत्रकार सम्मानित
काठमाडौँ, ७ भदौः सगरमाथा आरोही सङ्घको २५औँ रजतजयन्तीका अवसरमा पर्वतीय पर्यटन विकासमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) का सिबी अधिकारीसहित छ पत्रकारलाई सम्मानित गरिएको छ ।
सङ्घले आज राष्ट्रिय समाचार समिति (रासस) का अधिकारीसहित नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, द हिमालय टाइम्सका राजन पोखरेल, अनलाइनखबरका अच्युत पुरी, द एभरेस्ट न्यूजका फुर्पा शेर्पा र सगरमाथा आरोही तथा पत्रकार कल्पना महर्जनलाई कदरपत्रसहित सम्मान गरेको हो ।
रजतजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेबिड शेर्पाले सम्मानित पत्रकारलाई कदरपत्र प्रदान गर्नुभएको थियो । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी विगत १६ वर्षदेखि राससमा कार्यरत हुनुहुन्छ ।
