साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, द्वय स्रष्टाहरूलाई उच्च सम्मान
ताप्लेजुङ, भाद्र ६ शनिबार, मुक्कुमलुङ्ग साहित्य प्रतिष्ठानको आयोजनामा "आपसी सद्भाव, एकता र विश्व शान्तिको लागि एकता" नाराका साथ ताप्लेजुङ बजार फुङ्लिङ देखि सुकेटार सम्म ८ किलोमिटर तीन घण्टाको साहित्यिक पदयात्रा सम्पन्न भएको छ । पदयात्रामा विभिन्न मुक्तक र गीतहरु गाइएको थियो । राष्ट्रिय झण्डा र बेनरको साथ यात्रीहरू सुकेटार पुगे पश्चात् एक सभा हलमा प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकको अध्यक्षतामा सिधै साधारण सभा गरिएको थियो ।
साहित्यकारहरु र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको नवराज आचार्य निश्छलद्वारा सञ्चालित समारोहमा साहित्यकार चन्द्र मादेन आन्छन् र समाजसेवी एवं स्रष्टा काजी गुरुङलाई दोसल्ला र ताम्रम पत्रले उच्च सम्मान गरिएको थियो ।
उक्त साधारण सभाको प्रमुख अतिथि स्रष्टा भरत गुरुङ, विशिष्ट अतिथि डिल्ली रमण बराल, विशेष अतिथिहरू साहित्यकार चन्द्रमादेन आन्छन, समाजसेवी सुन्दरमोहन शाक्य, कन्चनजंगा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपाल, समाजसेवी काजी गुरुङ, मिक्वा खोलाका उपाध्यक्ष डण्डु लामा नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, फुनपा २ वडाका अध्यक्ष गोपाल न्यौपाने, समाजसेवी ओम राई, पत्रकार द्वय- आनन्द गौतम, कृष्ण फुरुम्बो आदि सबैले ऐतिहासिक साहित्यिक कार्यक्रमको उच्च प्रशंसा गर्दै शुभकामना दिनुभएको थियो ।
एक वर्ष पश्चात् पहिलो साधारण सभा गरिएको पुरानो तदर्थ समितिलाई भङ्ग गरी शिक्षाविद युवराज गिरीको संयोजकत्वमा पाँच सदस्य निर्वाचन मण्डलीले मनिष हेल्लोको अध्यक्षतामा १५ सदस्य नव कार्यसमिति चयन गरिएको थियो । त्रय उपाध्यक्षमा सीता पिरती, मणि सेम्बु, बिरही कान्छा, महासचिव उदय भट्टराई, सचिव नवराज आचार्य निस्छ्ल, सहसचिव लक्ष्मी चुडाल, कोषाध्यक्ष लीला आँसु, सह कोषाध्यक्ष केवि किराँती र सदस्यहरू - होमनाथ दाहाल अनिषा लोहार, सुनिता भुर्तेल, पोष्ट वा गुरुङ, जीवन कालिकोटे, रिता घायल निर्विरोध चुनिनुभएको थियो ।
त्यस्तै प्रतिष्ठानको पहिलो बैठकले प्रमुख सल्लाहकार चन्द्र मादेन आन्छन, सल्लाहकारहरू - भरत गुरुङ, सुन्दर मोहन शाक्य, काजी गुरुङ, गजेन्द्र तुम्याहाङ, खगेन्द्र कुमार कार्की र लेकाली कान्छालाई नियुक्त गरेको थियो । सो कार्यक्रममा कवयत्रि सुनिता भुर्तेल र उदय भट्टराईले स्वागत सिर्जना र मन्तव्य दिनुभएको थियो ।
