Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

गोरखा, ८ भदौः प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी (बोर्ड) स्थापना गरिएको छ । 

    गोरखा उद्योग वाणिज्य सङ्घले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो । “मनकामना मन्दिर दर्शकका लागि दशौँ लाख भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । गोरखाको प्रचारप्रसार गरेमा पर्यटक गोरखाका पर्यटकीयस्थलसम्म पुग्ने र पर्यटन प्रवर्द्धन हुने भएकाले मन्दिर परिसरमा जानकारीमूलक सूचना पाटी राखिएको हो”, सङ्घका अध्यक्ष भगवानबाबु मास्केले भन्नुभयो, “तत्कालका लागि गोरखा नगरपालिकाद्वारा निर्मित श्रव्यदृश्य सामग्री राखिएको छ । अरु थप्दै जाने छौँ ।”

    डिजिटल बोर्डमा गोरखा दरबार, गोरखकाली मन्दिर, बज्रभैरव, गोरखा सङ्ग्रहालय, विष्णुपाञ्चायन, रानीपोखरीलगायत गोरखा नगरपालिकाभित्रका साथै जिल्लाका मनास्लुलगायत क्षेत्रका श्रव्यदृश्य समेटिएका सामग्री राखिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले जानकारी दिनुभयो । “सुरुवात सङ्घले गरे पनि यसलाई निरन्तर सहयोग नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan