Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

धनगढी, ८ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले  अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिसँग आज धनगढीमा आयोजित छलफलमा उहाँले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन गर्दै आपसी सहकार्यबाट सङ्घीयतालाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्छ । त्यसका लागि सबै मिलेर अगाडि बढौँ”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

त्यस अवसरमा सङ्घीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले शासन प्रणालीलाई सुदृढ बनाउने बताउनुभयो । उहाँले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan