करेन्ट लागेर मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |
रौतहट, ८ भदौ गौर नगरपालिका-४ विपि चोकस्थित युवा राईज सुधार केन्द्रको कम्पाउण्डमा रहेको विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लागेर सोही केन्द्रमा बस्दै आएका भारत बेतिया घर भएका ३४ वर्षीय विकाश रायको सोमबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
