Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा चार जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |

काठमाडौं, ८ भदौ उदयपुर, बेलका नगरपालिका-५ जहडास्थित सडकमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५-००१ ह ०६१३ नम्बरको अटो र को.१ ख ३५१६ नम्बरको बस एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा अटोमा सवार ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा अटो चालक सोही नगरपालिका-५ मैनी बस्ने २८ वर्षीय ईन्द्र थापा मगर, अटोमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीया मन्दिरा मगर र हाल नाम थर र वतन नखुलेकी महिलारहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैयास्थित सडकमा से.३ प ५२७४ नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ सुन्दरपुर बस्ने ६० वर्षीय गौर सिंह महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टेक केयर अस्पताल प्रालि धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan