Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भन्सार छलीको सामान दाखिला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | रासस

 भद्रपुर (झापा), ९ भदौः सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पाट्र्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ । 

    मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल, नेपाल बिओपी बाहुडाँगीको टोलीले उक्त सामान बरामद गरेको थियो । 

    सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर जाँच गर्दा चार वटा बोरामा विभिन्न किसिमका आइफोन मोबाइलका पाट्र्स फेला पारेकोे थियो । 

    सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदनकुमार रसाइलीका अनुसार, बरामद सामानको भन्सार मूल्य रु १८ लाख एक हजार बराबर छ । उहाँले बरामद सामान सोमबार मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan