Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)
newsabhiyan

ख्वप (भक्तपुर), ९ भदौः भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ । गाईजात्रा पर्वलाई लक्षित गरी यहाँ केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो । 

गाईजात्रामा ताहासा बनाउन बाँसको प्रयोग गरिन्छ । गाईजात्रा निकाल्ने परिवारका लागि ताहासा नभई हुँदैन । त्यसैले केही दिनदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल सुरु भएको छ । 
 
व्यापारीले भक्तपुरको पाँचतले मन्दिर परिसरबाट प्रतिवटा बाँसको रु पाँचसयमा धमाधम बिक्री गरिरहेका छन । यही भदौ १३ गते भक्तपुरमा गाईजात्रा पर्व मनाइँदै छ । सो पर्वलाई लक्षित गरी तयार पारिएको ताहासाको मूल्य रु दुई हजारदेखि पच्चिस सयसम्ममा बिक्री हुने गरेको छ । 

सूर्यविनायक नगरपालिका–८ आशापुरीबाट यहाँ बाँस बिक्रीका लागि ल्याउने गरिन्छ । बर्सेनि बाँस बिक्रीका लागि यहाँ आउने जयराम तामाङले हरेक वर्ष गाइजात्राको एक साता अघिदेखि भक्तपुरको पाँचतल्ले मन्दिर अगाडि ताहासाको लागि बाँस बेच्दै आएको बताउनुुभयो । 

यहाँ बिहान १०ः०० बजेसम्म मात्र बाँसको ब्यापार गर्न पाइन्छ । नगरपालिकाले दिउँंसो व्यापार गर्ननदिने भएकाले बिहान मात्रै बाँस बेच्न पाइने भएको हो ।  

गाईजात्रामा बाँसबाट ताहासा बनाइन्छ । ताहासा बनाउन बाँस नभई हुँदैन  ।  १५ देखि २० फिट लामा चार वटा बाँस बाट ताहासा बनाइन्छ । तयारी ताहासाको शिरमा गाईको चित्र राखि गाईजात्रा निकालिन्छ । 

मृत्यु भएका व्यक्तिका परिवारले ताहासा उपोग गरी घर÷घरबाट गाईजात्रा निकाल्छन् ।  जसका लागि हरियो बाँसको आवश्यक पर्छ । त्यस हिसाबले सयौँ परिवारका लागि बाँंस आवश्यक हुन्छ । 

तहासा निर्माणमा प्रयोग हुने बाँसको आकार र गुणस्तरअनुसार मूल्य फरक पर्ने तामाङले बताउनुुभयो । 

तामाङले यसवर्ष एउटा ताहासा बनाउन चार वटा बाँसको दुई हजार पाँंच सयमा बिक्री गर्दै आउनुभएको छ । भक्तपुरमा गाईजात्रा पर्वका लागि ताहासा बनाउने परम्परा पुस्तौँखि चलिआएको छ ।
 
पर्व नजिकिएसँगै ताहासा निर्माण, सजावट तथा जात्राका अन्य तयारीले भक्तपुरका टोलहरूमा चहलपहल बढेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदा दिन मनाइने गाइजात्रा यो वर्ष शनिबार परेको छ । यो जनैपूर्णिमाको भोलिपल्ट मनाउँने गरिन्छ ।  
काठमाडौँ, ललितपुरलगायत नेपाली भाषीको बसोबास रहेको ठाउँमा गाईजात्रा पर्व धूमधामका साथ मनाउने गरिन्छ ।
 
त्यस दिन वर्षभरिमा दिवङ्गतको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ । धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिन यमलोकको ढोका खुला हुने जनश्रुति छ । 

यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ ।

महिला र पुरुषको तहासा छुट्याउन महिलालाई हाकुपटासी (कालो फरिया) र पुरुषलाई सेतो कपडा बाधिन्छ । त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ ।

टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्टो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan