Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार | रासस/एएफपी

भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै आइतबार तेस्रो दिन पनि प्रदर्शन भएको छ । 

प्रदर्शनकारी समूहले ठूलो स्तरको मतदाता सूची संशोधनमा अनियमितता भएको आरोप लगाउँदै विरोधमा उत्रिएको हो । भारतको निर्वाचन आयोग (ईसीआई) का प्रमुख ज्ञानेश कुमारलाई राजीनामा दिन माग गरिएको विरोध प्रदर्शन शुक्रबारबाट सुरु भएको हो । उक्त संशोधनले मतदाता सूचीबाट लाखौँ नामहरू हटाएको दावी प्रदर्शनकारीहको छ ।

ईसीआईले अनियमितताका आरोपहरू अस्वीकार गरेको छ भने आयोगका प्रमुख कुमार आफैंले कुनै टिप्पणी गर्नुभएको छैन । भारतीय मिडियाका अनुसार सर्वोच्च अदालतले सोमबार मतदाता सूचीसम्बन्धी मुख्य निर्णयहरूका बारेमा याचिकाहरूको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।

आइतबार मुम्बईमा हजारौँ मानिसहरूले भारतीय झण्डा हल्लाउँदै कुमारलाई राजीनामा दिन आह्वान गर्दै प्रदर्शन गरका थिए । प्रदर्शनकारीहरूमा कक्रोच जनता पार्टी (सीजेपी) का समर्थकहरू पनि समावेश छन्। यो पार्टी मे महिनामा व्यङ्ग्यात्मक अनलाइन आन्दोलनको रूपमा सुरु भएको थियो र त्यसबेलाका शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफल भएको थियो ।

“मुम्बई फेरि स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सडकमा आएको छ!” सीजेपी प्रमुख अभिजीत दीपकेले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभयो ।  नयाँ दिल्लीमा ‘इन्डिया गेट’ वरिपरि ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो, जसले प्रदर्शनकारीहरूलाई रोकेको थियो।

राजधानीमा शनिबार प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूविरुद्ध यौन उत्पीडनका आरोप लगाइएपछि प्रमुख सीजेपी समर्थकहरूसहित केही दर्जन कार्यकर्ताहरू प्रहरी चौकी बाहिर जम्मा भएका थिए ।

दिल्ली प्रहरीले एक दिनअघि नयाँ दिल्लीमा भएका प्रदर्शनका क्रममा अधिकारीहरूविरुद्धका आरोपहरूमा अनुसन्धान सुरु गरेको छ । शनिबार नयाँ दिल्लीको सरकारी तोकिएको प्रदर्शन स्थल जन्तर मन्तर वरिपरिबाट प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरी थुनेपछि उत्पीडनका आरोपहरू लगाइएको थियो ।

“तीन महिला पत्रकारहरूले प्रहरी अधिकारीहरूविरुद्ध यौन उत्पीडनका आरोप लगाएका छन्,” दिल्ली प्रहरीले एक विज्ञप्तिमार्फत् ‘निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान’ को वाचा गरेको छ। दिपकेले आरोपित अधिकारीलाई ‘तुरुन्तै गिरफ्तार गर्नुपर्ने’ बताउनुभयो । 

भारतको प्रेस क्लबले प्रदर्शनका क्रममा पत्रकारहरूप्रति भएको व्यवहारप्रति ‘आश्चर्यचकित र निराश’ भएको बताएको छ । पत्रकारहरूलाई ‘बिना त्रास स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने” क्लबको भनाइ छ । विपक्षी राजनीतिज्ञहरूले ईसीआईलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी) को इशारामा काम गरेको आरोप लगाएका छन् ।

उनीहरूले मङ्गलबार नयाँ दिल्लीस्थित निर्वाचन आयोगमा मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र जोगाऔ’ ¥यालीहरू गर्ने बताएका छन् । सीजेपीले अक्टोबर १० मा नयाँ दिल्लीमा ‘युवा भारतीयहरूलाई व्यापक परिचालन’ को लागि आह्वान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan