Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भन्सार छलीका सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | रासस

 

रूपन्देही, २२ असोजः रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न स्थानबाट चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिनुभयो ।

 

प्रहरीका अनुसार बरामद सामानमा कपडा, खाद्यान्न तथा विभिन्न किराना सामान रहेका छन् । 

 

यसैगरी, विभिन्न प्रकारका फ्लावर पोट, टर्च तथा पटाका लगायतका सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले भन्सार छली तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि जिल्लाका सीमा क्षेत्र तथा विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानी तीव्र पारेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

 

उहाँका अनुसार चाडपर्वको समयमा अवैध रूपमा सामान भित्र्याउने तथा चोरी पैठारीका गतिविधि बढ्न सक्ने भएकाले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan