Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठगी गरेको आरोपमा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

    काठमाडौँ, २१ असोजः ठगी गरेको आरोपमा प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई ठगीको आरोपमा पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार सो कन्सल्टेन्सीले आफ्नो छोरालाई रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेकी थिइन् । 

    सोही भिडियोका आधारमा अनुसन्धान गर्ने क्रममा पाण्डेलाई काठमाडौँको रानीबारी चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच, प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित तथा नैतिकताविरुद्धको कार्य गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ओसिम अन्सारी र सोही स्थानका प्रियङ्का परियार रहेका छन् । उनीहरूलाई इटहरी उपमहानगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रहरीका अनुसार यही असोज १८ गते पशुपतिनाथ मन्दिर अगाडिको दृश्य समेटिएको भिडियो ‘प्रियङ्का सनी’ नामक टिकटक खाताबाट सार्वजनिक भएको थियो । सो भिडियोका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषमा उजुरी परेको थियो ।

    पशुपति क्षेत्र विकास कोषले दिएको उजुरीका आधारमा उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan