Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस/सिन्ह्वा)

संयुक्त राष्ट्रसङ्घ, २५ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले गरेको आक्रमणको निन्दा गर्नुभएको छ।

महासचिव गुटेरेसले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गर्नुभएको हो। आक्रमणमा १२ जनाको मृत्यु भएको र सयौँ सर्वसाधारण घाइते भएको बताइएको छ।

सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तरराष्ट्रिय कानुनको उल्लङ्न भएको उल्लेख गर्दै उहाँले यस्ता आक्रमण तत्काल रोक्न आह्वान गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan