Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

बागमती, २७ असोज  : दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । 

हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको  वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । 

यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको  मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिनुभयो । घटस्थापनादेखि सुरु भएको पाठपारायण महानवमीका दिनसम्म सञ्चालन हुनेभएको छ ।

 यहाँ ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ल्याइएको शिला, त्रिशूल र कलशलाई स्थापना गरी मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नियमित पूजाआजका साथै २०६५ असोज १३ गतेबाट अखण्ड हवन भइरहेको छ । 

ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि यो स्थान महत्वपूर्ण विकल्प बनेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan