Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

उदयपुर, २७ असोज  : सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित पशुपती साफीलाइ प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–५ स्थित पिकअपमा गाडीमा भुसका बोराले छोपेर लैजाँदै अवस्थामा छ वटा बोरामा १५९ किलो ४०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो । 

प्रहरी चौकी लालबजार, उदयपुरबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त चेकिङ टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो । 

पक्राउ परेका साफी र बरामद गाँजा तथा पिकअप गाडीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखिएको छ । दुई दिनमा उदयपुर प्रहरीले एक हजार ६०० केजी बढी गाँजा बरामद गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan