Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्थमन्त्री बैंकक प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस)

काठमाडौँ, २७ असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको  वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गर्नुभएको छ ।

    बैंककमा रहँदा उहाँले कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

वार्षिक बैठक तथा त्यस क्रममा हुने अन्य बैठकमा अर्थ मन्त्रीले विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र पूर्वतयारीसम्बन्धी विशेष आफ्नो अभिमत प्रस्तुत गर्नुहुने छ । 

मन्त्री वाग्लेका साथ अर्थ मन्त्रालयका सचिव  घनश्याम उपाध्याय र अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल हुनुहुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan