Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस)

काठमाडौँ, २८ असोजः प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । 

    उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गर्नुभएको थियो ।

    प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

    साथै वेल्सको ब्रेकनस्थित इन्फ्याटरी ब्याटल स्कुलको भ्रमणको दौरानमा अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियन पट्रोल २०२६’ को निरीक्षण गरी स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभनसमेत गर्नुभएको थियो ।

    यस भ्रमणले दुई देशबीच सदियौँदेखि रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan