Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस)

काठमाडौँ, २८ असोजः औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा  नयाँ उत्पादनमा रोक लगाएको छ ।

यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो । 

यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हँुदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ । ‘इम्युनो सपे्रस्यान्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्न लागि विभागको जोखिम मूल्याङ्कनसम्बन्धी २०८३ जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनाबमोजिम कार्य हँुदै आइरहेको थियो ।  

जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति शृङ्खलाको सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन/पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापनपत्रसहित हालको मौज्दात विवरण सम्बन्धित उत्पादक/पैठारीकर्ताले यस विभागमा अविलम्ब पेस गर्नसमेत अनुरोध गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan