Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार |

कपिलवस्तु, ३१ असोजः शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । 

अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् भने त्यसमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल छन् । तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan