Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

कञ्चनपुर, ११ कात्तिकः कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबीच प्रतिस्पर्धा हुने भएको छ ।

    मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम युवा क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै हाम्रो एकता हाम्रो बल महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा सङ्घर्ष स्पोट्स क्लबलाई १–० ले पराजित गर्दै एपिएफ क्लब फाइनल प्रवेश गरेको थियो ।

    सिद्धार्थ युवा क्लबको आयोजनामा पुनर्वास नगरपालिका–७ मा जारी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजक सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित ६४ तोला चाँदी जडित ट्रफी प्राप्त गर्नेछ ।  उपविजेता टोलीलाई नगद रु एक लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । 

    दसैँ तथा तिहारको अवसर पारेर ‘लागुऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गत असोज २४ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।

    प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका २९ वटा टोलीको सहभागिता थियो । फुटबलको विकाससँगै स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक धनराशीको प्रतियोगिता हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan