Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पवखरा एभेन्जर्समा अनुबन्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | रासस
newsabhiyan

काठमाडौं । पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ । 
पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ । 
सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौं विदेशी खेलाडी हुन् । 
पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनन्य लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजन अनुबन्ध गरिसकेको छ । 
यस्तै पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर नै अनुबन्ध गरिसकेको छ । जसमा विश्व चर्चित अलराउण्डर शाकिब अल हशन सबै भन्दा ठूला खेलाडीको रुपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्म सैफुद्दिन र स्पीन बलिङ अलराउण्डर महेदी हसनपनि अनुबन्ध भएका छन् । 
विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटम खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेष्ट, ५५ ओडिआई र १९ टी२०आई खेल खेलिसकेका छन् । 
यस्तै लंका प्रिमियर लिगमा उनले ४ फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वपकमा श्रीलंकाको टिममा समावेश थिए । 
क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरको रुपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन् । 
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोएल्सलाई एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ । 
अनुभवी खेलाडीलाई निरन्तरा दिँदै स्थानिय युवा प्रतिभालाई पनि समेटेको पोखरा एभेन्जर्सले उत्कृष्ट विदेशी खेलाडीहरु अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ र पहिलो पटक एनपीएलको उपाधि जित्ने लक्ष्य राखेको छ । 
पोखराले यस पटक मुख्य प्रशिक्षकमा पनि परिवरत्न गर्दै श्रीलंकन पूर्व क्रिकेट अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ भने विदेशी खेलाडीहरुमा पनि यस पटक नयाँ खेलाडीहरु आएका छन् । यस्तै भारतीय पूर्व क्रिकेटर  तथा टी२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan