Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस/सिन्ह्वा)

साङ्घाई , १९कात्तिक : अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) को नवौँ संस्करण, तथा आयातलाई समर्पित विश्वको पहिलो राष्ट्रिय स्तरको प्रदर्शनी, पूर्वी चीनको साङ्घाईमा बिहीबारदेखि सुरु भएको जनाइएको छ ।

उद्घाटन समारोहमा चिनियाँ उपप्रधानमन्त्री डिङ जुएजियाङले मुख्य सम्बोधन भाषण दिनुभएको थियो । 

नोभेम्बर ५ देखि १० सम्म चल्ने तय गएिको यस वर्षको सीआईआईई एक्स्पोले  चार हजार १४२ विदेशी प्रदर्शकहरूलाई आकर्षित गरेको जनाइएको छ ।

जसमा ३०० भन्दा बढी फच्र्युन ग्लोबल ५०० कम्पनीहरू र उद्योग नेताहरू समावेश छन् । सन् २०२६ को कार्यक्रममा ४८० भन्दा बढी प्रदर्शनीहरू आफ्नो विश्वव्यापी, एसियाली वा चीन डेब्यू गर्न तयार छन्, जुन यसको इतिहासमा सबैभन्दा बढी सङ्ख्या हो ।

यस वर्ष कुल प्रदर्शनी क्षेत्र चार लाख ४० हजार वर्ग मिटर भन्दा बढी छ भने अमेरिकी . प्रदर्शकहरूले मात्र ५० हजार वर्ग मिटर भन्दा बढी ओगटेका छन् । लगातार आठौँ वर्ष अग्रणी, भुमिकामा रहेका जर्मनी, बेलायत र फ्रान्सका कम्पनीहरूले पनि शीर्ष सहभागीहरू मध्येकै स्थान पाएका छन् ।

यस वर्षको सीआईआईईले बौद्धिक उद्योग र सूचना प्रविधि, उपभोक्ता वस्तु, खाद्य र कृषि उत्पादन, अटोमोबाइल र  चिकित्सा उपकरण तथा स्वास्थ्य सेवा उत्पादनहरूका साथै सेवाहरूको व्यापार जस्ता क्षेत्रहरू समेट्ने छवटा प्रमुख प्रदर्शनी क्षेत्रहरू र एक नवीनता इन्क्यूबेशन खण्डलाई कायम राखेको जनाइएको  छ ।

इनोभेसन इन्क्यूबेशन खण्डमा लगभग ४० देश र क्षेत्रका ६३३ टेक्नोलोजी र इनोभेसन प्रोजेक्टहरू समावेश छन्, जुन अघिल्लो संस्करणको तुलनामा लगभग २० प्रतिशत बढी हो ।

सीआईआईईको साथमा साङ्घाईमा भइरहेको होङ्कियाओ अन्तर्राष्ट्रिय आर्थिक फोरमले बिहीबार विश्व खुलापन रिपोर्ट २०२६ जारी गर्दै यसको पहिलो निर्यात–देखि–चीन क्षमता विकास रिपोर्ट अनावरण गर्यो ।

सन् २०१७ मा घोषणा गरिएको र सन् २०१८ देखि वार्षिक रूपमा आयोजित, सीआईआईईले विदेशी व्यवसायहरूलाई विशाल र बढ्दो चिनियाँ बजारमा पहुँच बिस्तार गर्न दिन सेवा नि सहज बनाएको जनाइएको छ । 

विगतका आठ संस्करणहरूले १८० भन्दा बढी देशहरू, क्षेत्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आकर्षित गरेको थियो भने तीन हजार ४०० भन्दा बढी नयाँ उत्पादनहरू, प्रविधिहरू र सेवाहरूले आफ्नो सुरुवात गरेको छन । यीनीहरुको संचयी इच्छित सम्झौताहरू ५८० अरब अमेरिकी डलर भन्दा बढी रहेकोसमेत जनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan