Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस/एएनआई)

तेल अभिभ, २० कात्तिक : इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।

राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उहाँले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताउनुभएको छ । उहाँले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उहाँको समर्थन ४६ सिटमा सीमित भएको छ ।

जोइन्ट लिस्टले नेतान्याहु र उहाँको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार इसेनकोटलाई समर्थन गरेको जनाएको छ । यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जाबरिनले नेतान्याहु र उहाँका काहानवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन समर्थन गरिएको बताउनुभएको छ ।

बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताउनुभएको छ । उहाँले आइतबार इसेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan