Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस/एएनआई)

इस्लामाबाद, २० कात्तिक : पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये आठ जनालाई सामान्य चोट लागेको छ भने २५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस देपालपुर सडकखण्डमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको जिल्ला प्रशासनले जनाएको छ । उद्धारकर्मीहरूले क्रेन तथा भारी उपकरण प्रयोग गरी तीन घण्टासम्म उद्धार कार्य गरेका थिए ।

यसैबीच, पञ्जाबमा अक्टोबर महिनामा मात्रै ४४ हजार ७९७ सडक दुर्घटना हुँदा ४६४ जनाको मृत्यु र २३ हजार ५४३ जना गम्भीर घाइते भएको उद्धार विभागले जनाएको छ । तीमध्ये करिब तीन चौथाइ दुर्घटनामा मोटरसाइकल संलग्न थिए ।

उक्त महिनामा उद्धार सेवा ११२२ ले दुई लाख ३१ हजार ५६ आपत्कालीन घटनामा सेवा दिएको थियो । यस अवधिमा एक हजार ७२६ आगलागी र ९४ डुब्ने घटना पनि अभिलेख गरिएको थियो । प्रान्तीय राजधानी लाहोरमा सबैभन्दा बढी सात हजार ८७४ सडक दुर्घटना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan