Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा पोलियोको नवौँ घटना पुष्टि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस/सिन्ह्वा)

इस्लामाबाद, २० कात्तिक : पाकिस्तानमा यस वर्ष वाइल्ड पोलियो भाइरस सङ्क्रमणको नवौँ घटना पुष्टि भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा सात महिनाको एक शिशुमा भाइरस भेटिएपछि पाकिस्तानमा बालबालिकाको स्वास्थ्य सुरक्षाबारे चिन्ता बढेको छ ।

पाकिस्तान पोलियो उन्मूलन पहल (पीइआई) ले बिहीबार विज्ञप्ति जारी गर्दै इस्लामाबादस्थित पोलियो उन्मूलनका लागि क्षेत्रीय सन्दर्भ प्रयोगशालाले शिशुमा भाइरस सङ्क्रमण पुष्टि गरेको जनाएको छ । खैबर जिल्लामा यस वर्ष पुष्टि भएको यो तेस्रो घटना हो भने खैबर पख्तुनख्वा प्रान्तमा सातौँ घटना हो ।

पाकिस्तानमा यस वर्ष वाइल्ड पोलियो भाइरसको सङ्क्रमण समग्रमा घटेको भए पनि खैबर पख्तुनख्वामा भाइरस भेटिने क्रम जारी छ । यसले बालबालिका अझै सङ्क्रमणको जोखिममा रहेको देखाएको पीईआईले जनाएको छ ।

पीइआईले पछिल्लो घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ । साथै भाइरसको फैलावट रोक्न वैज्ञानिक आधारमा प्रभावकारी उपाय पहिचान गर्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, पाकिस्तानका ९७ जिल्लामा करिब दुई करोड ४० लाख बालबालिकालाई लक्षित गरी घरदैलो खोप अभियान सञ्चालन भइरहेको छ । बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन स्वास्थ्य सेवा विस्तार र नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने उपायबारे पनि विचार भइरहेको पीईआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan