Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धान बिक्रीको पर्खाइमा किसान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

राँझा (बाँके), २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन । 

    लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताउनुभयो । खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन् ।

    “घरभरि धान थुप्रिएको छ, राख्ने ठाउँ छैन । खाद्यले अहिलेसम्म खरिद सुरु गरेको छैन”, वलीले भन्नुभयो, “व्यापारीलाई नदिएर खाद्यलाई धान बिक्री गर्न प्रतिक्षा गरिहेका छाँै ।”

    कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरेकामा १० हजार क्विन्टल मात्र निर्धारण भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो । 
    
    गत वर्ष मोटा धान १५ हजार र मध्यम धान पाँच हजार गरी २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको थियो । त्यसअघि आर्थिक वर्ष २०८१÷८२ मा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल खरिद गरेको थियो ।

    कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य रु तीन हजार ८६० निर्धारण गरेको छ । तर व्यापारीले कम्पनीले तोकेको मूल्यभन्दा रु ५०० देखि रु एक हजार ५०० कम मूल्यमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुयिगाउँका किसान ध्रुव थापाले बताउनुभयो ।

    “यस वर्ष धान राम्रो फलेको छ । खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “चाडपर्वको खर्च जुटाउन किसानले व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको छ ।”

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलोगरी खरिद गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले पनि किसानले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल रु ५०० देखि रु एक हजारसम्म कममा व्यापारीलाई धान बिक्री गर्नुपरेको थापाले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan