Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस/एएफपी):

बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत हुनुभएकी पूर्व प्रधानमन्त्री घर फर्कन चाहनुहुन्छ भने उहाँले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ। 

बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उहाँको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ। 

पूर्व प्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गर्नुभएको छ । उहाँविरूद्ध सन् २०२४ मा प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ । 

गृहमन्त्री सलाउद्दिन अहमदले सोमबार पत्रकारहरूसँग भन्नुभयो, “बङ्गलादेशका अधिकारीहरू हसिनाको नयाँ पासपोर्टको अनुरोधलाई हेरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “उहाँ विदेशमा शरण लिएकी दोषी ठहरिएकी अपराधी हुनुहुन्छ । आवेदनको कानुनी आधार, प्रक्रिया पूरा भएको छ कि छैन, र पासपोर्ट माग्ने अधिकार छ कि छैन । सबै विषय समीक्षा भइरहेका छन्।” 

“हामीले त्यो देश (भारत) लाई उचित प्रक्रियाअनुसार उहाँको प्रत्यर्पण माग्दै पत्र पठाइसकेका छौँ,” उहाँले अगाडि भन्नुभयो । 

हसिनाले पटकपटक फर्किने इच्छा व्यक्त गर्दै आउनुभएको छ । उहाँले एएफपीलाई इमेलमार्फत दिएको जानकारीमा फाँसीको सजाय सामना गर्नुपर्ने कुराबारे आफूलाई अवगत रहेको बताउनुभएको छ।”

हसिनाका बेलायती वकिलहरूले उहाँको पासपोर्ट ‘खारेज भएको रिपोर्ट’ पछि कागजात नवीकरणको अनुरोध गरेका छन् । म्याट्रिक्स चेम्बर्स नामक कानुनी फर्मको पत्र बङ्गलादेशको नयाँदिल्लीस्थित उच्च आयोगलाई सम्बोधन गरिएको छ। एएफपीले देखेको उक्त पत्रमा पासपोर्ट नवीकरण मागिएको छ, तर कहिले वा कहाँ यात्रा गर्ने भन्ने उल्लेख छैन।

–‘राजनीतिक स्टन्ट’ –

सन् २०२५ नोभेम्बरमा हसिनालाई मृत्युदण्ड सुनाउने अदालतका मुख्य अभियोजक एमडी अमिनुल इस्लामले यो आवेदनलाई ‘राजनीतिक स्टन्ट मात्र’ भएको बताउँदै यसको कुनै महत्त्व नहुने बताउनुभएको छ। 

बङ्गलादेशका कनिष्ठ परराष्ट्रमन्त्री हुमायुन कोबिरले भन्नुभयो, ‘उहाँले न्यायको सामना गर्न आफैं आत्मसमर्पण गर्नुपर्छ।” 

“बङ्गलादेश र भारतबीच प्रत्यर्पण सन्धि छ। उहाँले भारतलाई आफूलार्ई सुम्पन भन्नुपर्छ र धेरै निर्दोष नागरिक मारेकोमा सजाय भोग्न तयार हुनुपर्छ ।”

उहाँले भन्नुभयो, “उहाँ भागेर विदेशी भूमिमा गएकी एक पूर्व शासक हुनुहुन्छ । उहाँको फर्किने प्रक्रिया  फरक हुन्छ ।” 

हसिना सन् २०२४ मा देशमा आन्दोलन व्यापक भई असुरषा महशुस गरी हेलिकप्टरमा आफ्ना निकट सहयोगीसहित पुरानो सहयोगी भारतको दिल्लीका लागि प्रस्थान गर्नुभएको थियो । 

त्यसयता उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन तर टेलिफोनमार्फत अनलाइन समाचार सम्मेलनमा सहभागी हुँदै आउनुभएको छ । पूर्व प्रधानमन्त्री हसिनालाई उहाँको अनुपस्थितिमै दोषी ठहर गीरएकँे र सजाय सुनाइएको थियो ।  

भारतमा उहाँको निरन्तर उपस्थितिले ढाका र नयाँदिल्लीबीचको सम्बन्धमा तनाव बढाएको छ। भारतले प्रत्यर्पण अनुरोध कानुनी समीक्षामा रहेको बताएको छ । फेब्रुअरीमा भएको निर्वाचनमा हसिनाको आवामी लिगलाई प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। त्यस चुनावमा विजयी तारिक रहमानको सरकारले बङ्गलादेशकी पूर्व नेता हसिना फर्किएमा उहाँको विरुद्धका सबै मुद्दामा उचित कानुनी प्रक्रिया सुनिश्चित गरिने जनाएको छ। 

हसिनाको फर्किने प्रतिज्ञाले रहमान सरकारका लागि राजनीतिक चुनौती सिर्जना गरेको छ । नयाँ सत्ता समर्थक धेरै बङ््गलादेशी उहाँलाई फाँसी दिइनुपर्ने बताउँछन् भने केही उहाँको फिर्तीले उहाँका पूर्व समर्थकहरूलाई उत्साहित गर्न सक्छ र विरोधी खेमाहरूबीच नयाँ झडप सुरु हुन सक्छ भन्ने डर छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan