Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुँडीखोला पुल उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

बनेपा (काभ्रे), २३ कात्तिकः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० र १२ जोड्ने सुँडीखोलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनमा आएको छ । पुलको सोमबार बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले उद्घाटन गर्नुभएको हो । 

    पुलको कूल लागत रु एक करोड ७९ लाख ७५ हजार रहेको छ । पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण व्यवसायीले १७ महिनामा सो पुल निर्माण सम्पन्न गरेको हो । 

    प्रदेशसभा सदस्य लामाले आव २०७९/०८० को बजेटमा सो पुल निर्माणका लागि आवश्यक व्यवस्था गरिएको स्मरण गर्नुभयो । धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषिउपज बजारसम्म पुर्‍याउन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan