कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।
प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् ।
